जनार्दनलाई इंकित गर्दै प्रचण्डले भने : पार्टीभित्र घेराबन्दी बढ्यो

हिमाल प्रेस ११ साउन २०८२ ६:४८
40
SHARES
जनार्दनलाई इंकित गर्दै प्रचण्डले भने : पार्टीभित्र घेराबन्दी बढ्यो माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्मा।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षड्यन्त्रहरूझैं अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरू भएको बताए।

उनले भने, ‘यस्ता कार्यक्रमहरूले राष्ट्रिय स्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षड्यन्त्रमा लाग्ने अवस्था बनायो।’

अध्यक्ष प्रचण्डले नेतृत्वविरूद्ध भइरहेको ‘संगठित घेरा’ तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रह समेत गरे। केही दिनअघि मात्रै उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको बहस चलाएका थिए। त्यसपछि पार्टी संस्थापन नेताहरूले जनार्दनप्रति गालीगलौज गरिरहेका छन्।

प्रकाशित: ११ साउन २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast