‘कुलिङ अफ पिरियड’ भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

हिमाल प्रेस १० साउन २०८२ १६:४६ | Saturday, July 26, 2025
‘कुलिङ अफ पिरियड’ भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडाँंमा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उदघाटन गर्दै प्रचण्डले कुलिङ अफ पिरियडमा छेडखानी गर्ने एमालेको नियत देखिएको भन्दै यस विषयमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताएका हुन्।

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको उनले बताए। उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए।

त्यस्तै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरे। उनले मदन भण्डारी र जबजको आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको जिकिर गरे। अहिलेको अवस्थामा वैचारिक र राजनीतिक संकट नभएको एकमात्र पार्टी माओवादीमात्रै भएको उहाले दाबी गरे।

प्रचण्डले आठौँ महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा माओवादी केन्द्रीत रहेको धारणा राखे। उनले पछिल्लोपटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तुष्टि जनाए।

प्रकाशित: १० साउन २०८२ १६:४६ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast