संघीयता कम्युनिस्टको ‘प्रायोरिटी’ होइन : निधि

हिमाल प्रेस ९ साउन २०८२ २०:४३
40
SHARES
संघीयता कम्युनिस्टको ‘प्रायोरिटी’ होइन : निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले कम्युनिस्टहरू संघीयतामा विश्वास नगर्ने बताएका छन्।

ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ औँ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्।

संविधान संशोधन कम्युनिस्टहरूको प्राथमिकतामा नरहेको बताउँदै उनले यसका लागि कांग्रेसले अगुवाई गर्नुपर्ने जिकिर गरे।

‘संविधान जारी गरिसकेपछि हामीले संविधान संशोधन गर्छौँ भनेर जनतासमक्ष वाचा गरेका छौँ, त्यो करणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ,’ निधिले भने,‘यो काम नेपाली कांग्रेसले मात्रै गर्छ, किनभने कम्युनिस्टहरू संघीयतामा विश्वास गर्दैनन्। उसको प्रायोरिटी हुँदै होइन। हामीले उसलाई कन्भिन्स गर्ने हो। दुई तिहाई अहिले त नपुग्ला, कसैले भन्नुभएको छ– अहिले पुग्दै पुग्दैन, २०८७ मा पुग्छ।’

संशोधनका लागि संख्या पुग्ने नपुग्ने कुराको पछाडि लाग्न नहुने बताउँदै उनले बहस सुरू गर्नुपर्नेमा जोड दिए। निधिले भने,‘संख्या पुग्छ, पुग्दैन त्यो कुरा छाडिदिउँ। हामी जुन प्रणाली लिएर अगाडि बढेका छौँ, यो नै उत्तम प्रणाली हो। यसलाई समृद्ध बनाउन हामीले अभियान चलाइ राख्नुपर्छ। राष्ट्रिय, दलीय बहस हुनुपर्छ। यो कांग्रेसले निर्णय गरिसकेको छ।’

प्रकाशित: ९ साउन २०८२ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast