रास्वपालाई कांग्रेस प्रमुख सचेतक घिमिरेले भने- भिजिट भिसाको चिन्ता नगर्नुस्

हिमाल प्रेस ९ साउन २०८२ १४:१५
22
SHARES
रास्वपालाई कांग्रेस प्रमुख सचेतक घिमिरेले भने- भिजिट भिसाको चिन्ता नगर्नुस्

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गर्दै भिजिट भिसा, विदेशी नागरिकता र राजनीतिक पदबारे टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै घिमिरेले रास्वपाका नेताहरूले उठाउँदै आएको भिजिट भिसा प्रकरणको निरन्तर आलोचना अनावश्यक रहेको बताए। उनले विगतमा भिजिट भिसाबाट विदेश गई उतैको नागरिकता लिई घरजम गरेर बसेका व्यक्तिहरू अहिले उपप्रधानमन्त्री र मन्त्री बनेको उदाहरण दिए।

प्रमुख सचेतक घिमिरेले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिरहनुभएको छ। त्यो गर्नुपर्दैन। हामीले एउटा अभ्यास गरिसकेका छौं। भिजिट भिसामा बाहिर जाने, उतैको नागरिकता लिने, घरजम गर्ने, केही काण्ड मच्याउने, पार्टी खोल्ने अनि मन्त्री हुँदै उपप्रधानमन्त्रीसमेत बन्ने। यस्तो अभ्यास त भइसकेको हो। फेरि दोहोरिएला, चिन्ता किन गर्नुहुन्छ?’

घिमिरेले रास्वपाका अधिकांश नेताहरू त्यही प्रक्रिया हुँदै राजनीतिमा आएका भन्दै त्यसै विषयमा उनीहरू नै बढी चिन्तित हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast