सुनको मूल्य आज पनि घट्यो, दुई दिनमै २९ सय रुपैयाँको गिरावट

हिमाल प्रेस ९ साउन २०८२ १२:१९
14
SHARES
सुनको मूल्य आज पनि घट्यो, दुई दिनमै २९ सय रुपैयाँको गिरावट

काठमाडौँ- लगातार बढेको सुनको मूल्य पछिल्ला दुई दिनमा घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यप्रति तोला ५०० रुपैयाँ घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा कायम भएको छ।

यसअघि सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको थियो। पछिल्ला दुई दिनमा सुनको मूल्यमा कुल २ हजार ९ सय रुपैयाँको गिरावट आएको हो। हिजो सुनको मूल्य १ लाख ९५ हजार २ सय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य  हालसम्मकै सर्वाधिक मूल्य हो। यसैबीच, चाँदीको मूल्य भने आज सामान्य रूपमा बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ९ साउन २०८२ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast