
काठमाडौँ- नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा रुसी सांस्कृतिक केन्द्र, काठमाडौँमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाल-रुस मैत्री तथा सांस्कृतिक संघलगायतका संस्थाहरूको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त प्रमुख अतिथि रूपमा सहभागी भए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपाल र रुसबीच विगतदेखि नै सुमधुर दौत्य सम्बन्ध रहँदै आएको स्मरण गरे। उनले पछिल्लो समय सम्बन्धमा केही गतिरोध देखिए पनि आगामी दिनमा यो सम्बन्धलाई अझ उन्नत स्तरमा लैजानु आवश्यक रहेको धारणा राखे।
उक्त अवसरमा नेपाल-रुस सम्बन्ध सुदृढ तुल्याउन सांस्कृतिक, शैक्षिक र वैज्ञानिक सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। कार्यक्रम रुसी सांस्कृतिक केन्द्रमा विविध सांस्कृतिक प्रस्तुति तथा मित्रराष्ट्र रुसप्रति सम्मान व्यक्त गर्दै सम्पन्न भएको थियो।