
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ताजा माछाको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार ताजा रहु माछाको प्रतिकिलो मूल्य रु ३३०, बचुवा माछाको रु ३२० र छडी माछाको रु २५० कायम गरिएको छ।
ताजा तथा गुणस्तरीय माछाको आपूर्ति सुनिश्चित गर्न समितिले दैनिक रूपमा थोक मूल्य तोक्ने गरेको छ।
प्रकाशित: ९ साउन २०८२ ९:२९
प्रतिक्रिया