राहत शिक्षक राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न, नयाँ सदस्यहरू मनोनीत

हिमाल प्रेस ९ साउन २०८२ ६:२१
496
SHARES
राहत शिक्षक राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न, नयाँ सदस्यहरू मनोनीत

काठमाडौँ- नेपाल राहत शिक्षक राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठक बिहीबार अनामनगरस्थित संवाद डबलीमा सम्पन्न भएको छ। समितिका अध्यक्ष विष्णु खत्रीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय समितिमा नयाँ पदाधिकारी तथा सदस्यहरूको मनोनयन गरेको छ।

बैठकले भोजपुरका विष्णु कार्कीलाई समितिको सचिव पदमा चयन गरेको छ। साथै, संखुवासभाकी सुशीला खत्री र सल्यानका खडकबहादुर शाहलाई राष्ट्रिय सदस्यको रूपमा मनोनीत गरिएको छ।

त्यस्तै, पर्साबाट नरेन्द्र पट्टेल, ओमप्रकाश साह, सुनिल यादव र विजयकुमार चौरासिया, भोजपुरबाट गंगा निरौलालाई समितिका सदस्यहरूका रूपमा चयन गरिएको छ।

नयाँ मनोनीत पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष खत्रीले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले राहत शिक्षकहरूको हकहितको पक्षमा राष्ट्रिय समितिको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाल राहत शिक्षक राष्ट्रिय समिति शिक्षा क्षेत्रमा क्रियाशील राहत शिक्षकहरूको अधिकार, स्थायीत्व र समावेशीताका लागि निरन्तर आवाज उठाउँदै आएको छ।

प्रकाशित: ९ साउन २०८२ ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast