जेब्रा झोलामा ६ किलो चरेश बोकेर हिँडिरहेकी एक महिला चन्द्रागिरिबाट पक्राउ

हिमाल प्रेस ९ साउन २०८२ ६:१४
6
SHARES
जेब्रा झोलामा ६ किलो चरेश बोकेर हिँडिरहेकी एक महिला चन्द्रागिरिबाट पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ६ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थित सडकबाट ६ किलोग्राम चरेशसहित मकवानपुर थाहा नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ डेरा गरी बस्ने पार्वती मगरलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

मगरसँग रातो रङको जेब्रा झोलाभित्र १२ थान चरेश बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

पक्राउ परेकी मगरलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

प्रकाशित: ९ साउन २०८२ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast