राष्ट्रपतिसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिको भेट

हिमाल प्रेस ८ साउन २०८२ १८:२९
10
SHARES
राष्ट्रपतिसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिको भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महास‌ंघको प्रतिनिधिमण्डलले भेट गरेको छ। महासंघका प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको हो।

उनीहरूले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्धभत्ता वितरणमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्नेलगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखे।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने उल्लेख गरे।

प्रकाशित: ८ साउन २०८२ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast