मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा : यस्तो छ बाबुरामको समाधान सूत्र

हिमाल प्रेस ८ साउन २०८२ १०:४८
224
SHARES
मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा : यस्तो छ बाबुरामको समाधान सूत्र

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको अन्नभण्डारका रूपमा चिनिने मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्थामा पुग्नु अत्यन्त गम्भीर र चिन्ताजनक विषय भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै डा.भट्टराईले यो अवस्था नीति निर्माताहरूको दीर्घदृष्टिकोणको अभाव र विगतमा उपेक्षित योजनाहरू कार्यान्वयन नगरेकै परिणाम भएको बताएका छन्।

उनले बेलैमा महाभारत शृंखलाबाट पूर्व-पश्चिम बग्ने नदीहरूबाट सुरुङ खनेर चुरे फेदीसम्म पानी पुर्‍याउने, पूर्व-पश्चिम र उत्तर-दक्षिण नहरहरूको सञ्जाल निर्माण गर्ने, चुरे संरक्षण कार्यक्रम दृढतापूर्वक लागू गर्ने, भूमिगत जलस्रोतहरू रिचार्ज गर्ने तथा वैज्ञानिक भूमिसुधार कार्यक्रम निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

त्यस्तै, उनले गहिरा, मध्यम र साना ट्युववेलहरूको सञ्जाल विस्तार गरी सिँचाइको भरपर्दो पूर्वाधार विकास गर्नुपर्ने सुझावसमेत दिएका छन्। उनले यी उपायहरूलाई समेटेर बृहत् हरित क्रान्तिको गुरुयोजना बनाउन र तत्काल लागू गर्न माग गरेका छन्।

‘जब पर्‍याे राति अनि बुढी ताति’ भन्ने जनउक्ति उल्लेख गर्दै डा.भट्टराईले राज्य संयन्त्रले विगतका गल्तीहरूमाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र अब ढिला नगरी दीर्घकालीन समाधानमा लाग्नुपर्ने बताएका छन्।

प्रकाशित: ८ साउन २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast