लगातार सात दिन बढ्यो सेयर कारोबार

हिमाल प्रेस ७ साउन २०८२ १७:१२
8
SHARES
लगातार सात दिन बढ्यो सेयर कारोबार सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक पाँच दशमलव १७ अंकले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८ को बिन्दुमा कायम भएको हो। असार ३१ गतेदेखि सेयर बजारमा निरन्तर हरियाली छाएको छ।

आज तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ दशमलव ६७ को कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव २५, विकास बैंक शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ७२ र निर्जीवन बिमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ। जलविद्युत् शून्य दशमलव ८८, लगानी शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, म्युचुअल फण्ड शून्य दशमलव १५, व्यापार शून्य दशमलव ३१ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेका छन्।

ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य पाँच दशमलव ३२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १९ लाख ५४ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ७ साउन २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast