सामुदायिक विद्यालयलाई ‘टुरिष्ट विद्यार्थी’ भर्ना नगर्न निर्देशन

हिमाल प्रेस ७ साउन २०८२ १४:०३
36
SHARES
सामुदायिक विद्यालयलाई ‘टुरिष्ट विद्यार्थी’ भर्ना नगर्न निर्देशन

हुम्ला- शिक्षा विकास तथा समन्वय एकाई सिमकोट, हुम्लाले जिल्लाभित्रका सबै सामुदायिक विद्यालयलाई ‘टुरिष्ट विद्यार्थी’ भर्ना नगर्न निर्देशन दिएको छ।

एकाईले आज (साउन ७ गते) जारी गरेको सूचनामा विगतका शैक्षिक सत्रहरूमा केही विद्यालयले सहरी क्षेत्रबाट विद्यार्थी ल्याई ग्रामीण विद्यालयमा भर्ना गरेजस्तो देखाई परीक्षा दिनुअघि मात्रै सहभागी गराउने प्रवृत्ति बढेको जनाइएको छ। यस कार्यले विद्यालयको नतिजा कृत्रिम रूपमा राम्रो देखाउने प्रयास भए पनि यसले ग्रामीण विद्यालयको वास्तविक शैक्षिक अवस्था छायामा पर्ने र शिक्षा प्रणालीमा विकृति आउने चेतावनी दिइएको छ।

सूचनाअनुसार यस्ता अभ्यासहरूले स्थानीय विद्यार्थीको सिकाईमा नकारात्मक प्रभाव पारेको, संस्थागत पारदर्शिता, उत्तरदायित्व र मूल्यांकन प्रणालीमै गम्भीर असर पारेको भन्दै आगामी शैक्षिक सत्रदेखि यस्तो कार्य पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको छ।

एकाई प्रमुख योगेश आले मगरद्वारा जारी सूचनामा भनिएको छ,‘२०८२ सालदेखि कुनै पनि विद्यालयले ‘टुरिष्ट विद्यार्थी’ भर्ना गरी परीक्षामा सहभागी गराउने कार्य नगर्नुहोला। यस्ता विद्यार्थीको रजिष्ट्रेशन फारम, परीक्षा आवेदन फारम र परीक्षा नै रद्द गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।’

विद्यालयमा अनुगमन गर्ने शिक्षाका शाखा तथा निकायहरूलाई यस्तो कार्य भेटिएमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast