‘अभिमन्यु’ को मोसन टिजरमा के छ?

हिमाल प्रेस ७ साउन २०८२ १२:१२
10
SHARES
‘अभिमन्यु’ को मोसन टिजरमा के छ?

काठमाडौँ- आगामी भदौ २७ देखि प्रदर्शन हुने फिल्म ‘अभिमन्यु: च्याप्टर १’ मोसन टिजर सार्वजनिक भएको छ। जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु भएको टिजरमा पैसाको ढकनी उघारेकाे दृश्यसम्म कैद गरिएको छ।

फिल्मको कथा पैसाको लोभमा चक्रव्यूहमा फसेका एक युवकले त्यहाँबाट उम्कन गर्ने संघर्षको कथा रहेको टिमले बताएको छ। सुशान्त गौतमको डेब्यु निर्देशनमा बनेको फिल्म मुकेश खनालले लेखेका हुन्।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ।

शरद महतोले छायांकन गरेको फिल्म मदन घिमिरेको सम्पादनमा बनेकाे छ। फिल्म गतवर्षको सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको निर्माण गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast