विद्यालाई एमालेमा निषेध

विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा गणतन्त्रमाथि प्रश्न उठ्छ : विशाल भट्टराई [अन्तरवार्ता]

किरण पौडेल ७ साउन २०८२ १२:०४
44
SHARES
विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा गणतन्त्रमाथि प्रश्न उठ्छ : विशाल भट्टराई [अन्तरवार्ता]

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय गरेपछि पार्टी राजनीति दुईधारमा विभाजित छ। एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित व्यक्ति भएको भन्दै सदस्यता नवीकरण नगर्ने र पार्टीमा आउन नदिने निर्णय गरेको थियो। नेताहरूले भण्डारीमाथि निषेधको राजनीति गरिएको आरोप लगाइरहेका छन्। केही नेताहरूले यो निर्णयमा असन्तुष्टि राख्दै फरक मत राखेका थिए। एमालेमा यसअघि रहेका ७० वर्षे उमेर हद र दुई कार्यकाल प्रावधानसमेत हटाउने निर्णय गरेको छ। पार्टीको पछिल्लो निर्णयका पक्षमा खरो रूपमा उत्रिएका ओली पक्षीय नेता एमाले स्थायी कमिटी सदस्य विशाल भट्टराईसँगको संक्षिप्त कुराकानी :

नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ। लामो समय एमालेले बहस गरेर त्यसमा पनि केपी शर्मा ओली आफैँले नेतृत्व गरेर ल्याएका प्रावधान किन हटाइएको हो?

हाम्रा केही प्रावधानबारे भ्रम फैलिरहेको पाएको छु। हाम्रो पार्टीमा दुई कार्यकालको प्रावधान नवौँ महाधिवेशनमा लागेको थियो भने १० औँ महाधिवेशनले हटाएको थियो। मतलव यो प्रावधान अहिले थिएन। अर्को कुरा, दुई कार्यकालको प्रावधान पहिले लागे पनि वैज्ञानिक देखिएन। १० औँ महाधिवेशनपछि केही नेताहरू एमालेमा फर्किए। जस्तो – मुकुन्द न्यौपानेमा जस्ता नेता फर्किने हुँदा हामी त्यस्तो प्रावधान हटाउने तहमा पुग्यौँ। मुकुन्दजीलाई स्थायी कमिटी बनाइयो। लगभग यो प्रावधान पहिल्यै हटिसकेको थियो। हामीले अहिले वैधानिक तरिकाले हटाएका हौँ।

विद्या भण्डारीलाई राजनीतिमा आउनुको अर्थ के हो?

एमाले के कुरामा प्रस्ट छ भने प्रणाली भत्किनु हुँदैन। विद्या भण्डारी राजनीतिमा आउँदा हामीलाई कुनै असर पर्दैन। तर यो निर्णय विद्याविरुद्ध पनि होइन। किनभने उहाँ जत्तिको सम्मानित व्यक्ति राजनीतिमा आएर कार्यकर्ता बन्न सहज हुन्न भन्ने हाम्रो बुझाइ हो। यो उहाँकै हितका लागि पनि हो। उहाँमा जुन विलक्षण क्षमता छ, जुन उहाँको लिगेसी छ त्यो धरमराउनु हुँदैन भन्ने मान्यता हाम्रो छ। अर्को कुरा, अहिले गणतन्त्रमाथि पनि प्रश्न उठिरहेका छन्। गणतन्त्रको आस्थामा असर पर्ने किसिमका काम भइरहेका बेला राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा झनै धेरै प्रश्न उठ्छ।

यो कुराले विद्याको इच्छामाथि अंकुश लाग्यो नि?

हामीले व्यक्तिलाई हेरेर निर्णय लिने कि राष्ट्र वा संस्थालाई? राष्ट्रमाथि नै आघात पर्दै छ भने व्यक्तिलाई असर परेर केही हुँदैन। देशलाई हानि पुग्छ भने त्यस्तो काम नगर्दा उचित हुन्छ। सवाल, विद्याको मात्र होइन। हामीले विद्यालाई असर पार्न पनि खोजेको होइनौँ। उहाँको विलक्षण प्रतिभा र क्षमताको हामी सधैँ कदर गर्छौँ। तर राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा आउँदा असर गर्छ भन्ने हो। पहिलो राष्ट्रपति रामवरण यादव राजनीतिमा आउनुभएन। उहाँ अहिले पनि समाजसेवामै हुनुहुन्छ। दोस्रो राष्ट्रपति अथवा प्रथम महिला राष्ट्रपति पनि त्यही स्तरमा बस्नुहोस् भन्ने हाम्रो मान्यता हो।

ओलीसँग प्रतिस्पर्धा गर्न आउन लाग्दा रोकियो भन्ने छ नि?

विद्याजीलाई नआउनु भनिएको हो। उहाँले केही ठाउँमा अध्यक्ष बन्छु भन्नुभएको छ। यसले त झनै असर पर्छ भन्ने हो। उहाँलाई कसैको प्रतिस्पर्धामा आउन लाग्दा रोकिएको होइन। एमालेमा प्रतिस्पर्धा गर्न अरू नै नेताहरू हुनुहुन्छ नि।

यो संविधानमै नभएको कुरा कहाँबाट एमालेको विधानमा आयो?

हामीले संविधान निर्माणका बेला यो कुरा उठाउन भुलेछौँ। तर अब संविधान संशोधनका प्रस्तावमा हामी लैजान्छौँ। पहिले हाम्रो ध्यान नपुगेको हो।

अब एमालेबाट राष्ट्रपति बनेका जोकोही व्यक्ति राजनीतिमा आउन मिलेन त्यसो भए?

हो, हामी त्यसैका लागि त संविधान संशोधन गर्न गर्न लागिरहेका छौँ।

विद्यालाई निषेध गरेर एमालेले गलत निर्णय गर्‍यो : कर्ण थापा [अन्तरवार्ता]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast