‘सुम्निमा’ मा जाेडिए अनुप, मिलन चाम्ससँगकाे चौथो सहकार्य

हिमाल प्रेस ७ साउन २०८२ १०:५६
10
SHARES
‘सुम्निमा’ मा जाेडिए अनुप, मिलन चाम्ससँगकाे चौथो सहकार्य

काठमाडौँ- मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् फिल्ममार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो।

यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा काम गरिसकेका छन्। ‘लिली बिली’ प्रदर्शनको सात वर्षपछि उनीहरू  पुनः एउटै फिल्ममा जोडिएका छन्।

अनुपविक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले गरिरहेको भन्दा फरक चरित्रमा काम गर्न लागेका छन्। यसअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयन कार्य भइरहेकाे चाम्सले बताए।

राजीव थापाको लेखन रहेको फिल्म प्रेमकथामा आधारित छ। आगामी अगस्टदेखि फिल्म नेपाल र लण्डनमा छायांकन गरिने बताइएको छ। फिल्म गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्न लागेकाे हाे। ‘सुम्निमा’ अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गर्ने निर्देशक चाम्सले जानकारी दिए।

हालै चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ ले राम्रो व्यापार गरेको छ। दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast