नेपालको प्रतिनिधित्व गर्दै उमेशजंग राई इजरायलको युनिस्ट्रिम सोसियल इनोभेसनमा सहभागी

हिमाल प्रेस ६ साउन २०८२ २०:४८
नेपालको प्रतिनिधित्व गर्दै उमेशजंग राई इजरायलको युनिस्ट्रिम सोसियल इनोभेसनमा सहभागी

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रअन्तर्गत बायोमेडिकल इन्जिनियरिङ अनुसन्धान तथा आविष्कार समूहका टिम लिडर उमेशजंग राई इजरायलको परराष्ट्र मन्त्रालयले आयोजना गरेको ‘युनिस्ट्रिम सोसियल इनोभेसन डेलिगेसन २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन्।

काठमाडौंस्थित इजरायली दूतावासले जारी गरेको विज्ञप्तिमा कार्यक्रम एक सातासम्म चल्ने उल्लेख छ। विज्ञप्तिअनुसार नेपाल, दक्षिण कोरिया, भारत, सर्बियालगायत विभिन्न देशका युवा वैज्ञानिकहरूलाई इजरायलको सामाजिक नवप्रवर्तन व्यवस्थाको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ।

प्रतिनिधिमण्डलले पेरेस सेन्टर फर पिस एन्ड इनोभेसन, सेभ ए चाइल्ड्स हार्ट, टेक्निअन विश्वविद्यालयलगायतका प्रतिष्ठित संस्थाहरूको अवलोकन भ्रमण गर्नेछन्। ‘अक्टोबर ७ मा हमासले आक्रमण गरेको केन्द्र केफार अजा किब्बुज समेत अवलोकन गर्ने र आक्रमणबाट बचेका एक व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै उनीहरूले भूमध्यसागर किनारको प्राचीन सहर जाफा र जेरुसलमको सांस्कृतिक भ्रमणसमेत गर्नेछन्।

यता, १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल मुनि एक्सपो २०२५ सँगको समन्वयमा जुलाई १२ देखि १८ सम्म इजरायलको भ्रमणमा गएको थियो।

प्रकाशित: ६ साउन २०८२ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast