
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच भेटवार्ता भएको छ।
मध्य बानेश्वरस्थित निधि निवासमा मंगलबार नेता निधि र राजदूत बासबीच भेटवार्ता भएको हो।
भेटका क्रममा हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, द्विपक्षीय सम्बन्ध, इजरायलमा नेपाली विद्यार्थीको ‘अर्न एन्ड लर्न’ लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ।
हमास समूहले इजरायलमाथि आक्रमण गर्ने क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा रहेका नेपाली विद्यार्थी जोशीलाई बन्धक बनाएको थियो।
जोशी अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ।
राजदूत बाससँगको भेटमा निधिले जोशीको रिहाइका लागि विशेष पहल गर्न आग्रह गरेका थिए। साथै उनले इजरायलले शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गरेका थिए।
इजरायलले नेपाली कृषि विद्यार्थीहरूको इजरायलमा हुने इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालन गर्ने विषयमा छलफल अगाडि बढाएको छ।