
पोखरा- पोखरामा १२ लाख ३० हजार चोरी अभियोगमा माछापुच्छ्रे गाउँपालिकाका एकजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका ९ स्थायी घर भएका २३ वर्षीय ओमबहादुर भुजेल हुन्। गत २ साउनमा पोखरा मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउका सन्चालक संगीता भण्डारीको कोठाभित्र दराजमा राखिएको १२ लाख ३० हजार चोरी भएको थियो।
चोरीको सूचनापछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय कार्यालय बैदामबाट प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो। भुजेललाई प्रहरीले चोरी भएको ९ लाख ९७ हजार नगदसहित ३ साउन राति लेकसाइड डिहिकोपाटनबाट पक्राउ हो। साथै, उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा १० दिनको थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।
प्रकाशित: ६ साउन २०८२ १०:१९
प्रतिक्रिया