
काठमाडौँ- आउँदो ९ साउनमा पर्सास्थित ठोरी गाउँपालिकामा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्रीको व्यस्तताका कारण भ्रमण केही समय पछि सरेको गाउँपालिकाले जनाएको छ। सोही दिन प्रधानमन्त्री राम जानकी मन्दिर र ढेडु खोलाको पुल समेत उद्घाटन गर्न जाने तयारी थियो।
निर्धारित निर्मलबस्तीको खानेपानी आयोजनाको उद्घाटन भने साउन ९ गते नै संघीय खानेपानी मन्त्री प्रदीप यादवले गर्ने गाउँपालिकाले जनाएको छ।
प्रकाशित: ६ साउन २०८२ ९:०९
प्रतिक्रिया