छ जना साथीसँग पौडी खेल्न गए, खेल्दाखेल्दै डुबे

हिमाल प्रेस ६ साउन २०८२ ६:४७
6
SHARES
छ जना साथीसँग पौडी खेल्न गए, खेल्दाखेल्दै डुबे प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा हुप्सेकोट-५ राम्चे बस्ने अप्सरा राई मगरका आठ वर्षीय छोरा आकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बालक छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा बालक डुबेपछि स्थानीयले उद्धार गरेका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। रासस

प्रकाशित: ६ साउन २०८२ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast