नारायणी नदीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

हिमाल प्रेस ५ साउन २०८२ २०:०६
12
SHARES
नारायणी नदीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

भरतपुर- नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। आज (सोमबार) साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो।

उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको थियो।

मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

प्रकाशित: ५ साउन २०८२ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast