कोरोना संक्रमित एकजनाको मृत्यु

हिमाल प्रेस ५ साउन २०८२ १३:५५
12
SHARES
कोरोना संक्रमित एकजनाको मृत्यु

पोखरा- पोखरामा कोरोना संक्रमित एकजना वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा-११ फूलबारी निवासी ७४ वर्षीया महिला हुन्।

उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल, पोखरामा आइतबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले बताए। उनले हिमालप्रेससँग भने, ‘उहाँलाई असार २५ गते उहाँलाई कोरोना पुष्टि भएको थियो।’

अस्पताल प्रशासनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा रक्तचाप र मधुमेहसमेत रहेको अस्पताल प्रशासनले जनाएको छ।

गण्डकी प्रदेशमा लामो समयपछि फेरि कोरोना संक्रमण देखिएको छ। हाल प्रदेशभर ८ जना संक्रमित उपचारमा छन्। तीमध्ये कास्कीका ५ जना छन् भने बागलुङका २ र स्याङ्जाका १ जना हुन्।

प्रकाशित: ५ साउन २०८२ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast