
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक, राजनीतिक र नैतिक रूपमा पुराना दलहरू स्खलित भइसकेको टिप्पणी गरेका छन्।
डा. भट्टराईले सामाजिक सञ्जालमा एक हात्तीले मरिसकेको सन्तान बोकेर हिंडेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अन्यथा अर्थ नलागोस्, वैचारिक-राजनीतिक-नैतिक स्खलन र बन्ध्याकरण भैसकेका पुराना दल र नेताहरूसँग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मरिसकेको सन्तान बोकेर हिंड्नु जस्तै हो।’
उनले पुराना राजनीतिक शक्तिहरूप्रति जनताको अत्यधिक आक्रोशि र निराशा रहेको पनि बताएका छन्।
प्रकाशित: ५ साउन २०८२ १०:४९
प्रतिक्रिया