विश्वविद्यालयमा राजनीतिक नियुक्तिले शिक्षा प्रणालीमा असर : प्रा.डा.धमला

हिमाल प्रेस ५ साउन २०८२ १०:३८
158
SHARES
विश्वविद्यालयमा राजनीतिक नियुक्तिले शिक्षा प्रणालीमा असर : प्रा.डा.धमला

काठमाडौँ- नेपाली विश्वविद्यालयहरू आफ्नो शैक्षिक र प्रशासनिक स्वायत्तता क्रमशः गुमाउँदै गएका छन् । विश्वविद्यालयमा भइरहेको पदाधिकारीहरूको राजनीतिक नियुक्तिले यो अवस्था ल्याएको शिक्षाविद्हरूको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.टंकनाथ धमलाले विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता राजनीतिक हस्तक्षेपका कारण खल्बलिएको टिप्पणी गरेका छन् । उनका अनुसार विश्वविद्यालयको नेतृत्वमा विज्ञभन्दा पनि दलअनुकूल व्यक्तिहरूको नियुक्ति हुन थालेपछि शैक्षिक वातावरणमै असर परेको छ ।

‘अहिलेका नियुक्तिहरू प्राज्ञिक भन्दा पनि राजनीतिक छन्,’ डा.धमलाले भने, ‘यसले विश्वविद्यालयको स्वतन्त्रता मात्र होइन, गुणस्तरीय शिक्षा प्रणालीमा पनि प्रतिकूल असर पारिरहेको छ ।’

उनले शैक्षिक संस्थामा राजनीतिक प्रभाव न्यून गरी योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । विश्वविद्यालयको सुधार र विश्वसनीयता कायम गर्न सैद्धान्तिक स्वतन्त्रता र पारदर्शिता अपरिहार्य रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast