सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ कारोबार

हिमाल प्रेस ४ साउन २०८२ १६:३०
6
SHARES
सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ कारोबार सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ। यो गत वर्ष भदौ २ यताकै सबैभन्दा उच्च कारोबार हो। सो दिन २८ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो।

आइतबार नेप्से परिसूचक शून्य दशमलव ३२ अ|sले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ। विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ। बाँकी सबै समूहको उपसूचक बढेको छ

होटल तथा पर्यटन समूह एक दशमलव २४, जीवन बिमा एक दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा एक दशमलव ३७ र अन्य समूह तीन दशमलव ३६ प्रतिशतले बढेको छ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ९८ करोड ५५ लाख ५२ हजार ९८९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ४ साउन २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast