एमालेको पोलिटब्युरो बैठक आज पनि, विधानमाथि छलफल कायम रहने

हिमाल प्रेस ३ साउन २०८२ ८:२८
24
SHARES
एमालेको पोलिटब्युरो बैठक आज पनि, विधानमाथि छलफल कायम रहने

काठमाडौँ- नेकपा एमालेको जारी पोलिटब्युरो बैठक शनिबार पनि बस्ने भएको छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा शनिबार ११ बजे सुरु हुनेछ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि शुक्रबार ७ जनाले आ–आफ्नो धारणा राखेका थिए।

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन्।

शनिबार अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन्। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए।

उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए। एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ।

प्रकाशित: ३ साउन २०८२ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast