एमालेको दाबी : १५ प्रतिशतले बढ्यो पार्टी सदस्यता

हिमाल प्रेस २ साउन २०८२ २०:३०
26
SHARES
एमालेको दाबी : १५ प्रतिशतले बढ्यो पार्टी सदस्यता

काठमाडौँ- नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन्।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज (शुक्रबार) भएको पार्टीको पोलिटब्युरो बैठकमा उनले ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका हुन्।

यस्तै बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शंकर पोखरेलको पार्टीको संगठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताएका छन्। उनले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराए।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज सात जनाले आआफ्नो धारणा राखेका छन्।

लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलेका थिए। शनिबार अन्य पोलिटब्युरो सदस्यले बोल्ने तयारी छ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ। यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ।

यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ।

यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी संख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ। यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो।

बैठकले पार्टीमा सदस्य र संगठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उनले जानकारी दिए। जनसंगठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र संगठित सदस्य रहने छन्।

प्रकाशित: २ साउन २०८२ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast