दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस २ साउन २०८२ १९:०४
24
SHARES
दुर्घटनामा दुईको मृत्यु

इटहरी – सुनसरीका दुई भिन्नाभिन्नै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। इटहरी धरान सडकखण्डमा रहेको चारकोसे क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ः३० बजेतिर चारकोसे क्षेत्रमा धरानतफै जाँदै गरेको प्रदेश २–०१–००३ प २७२८ मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। मृत्यु हुनेमा सिरहा ८ बस्ने ५० वर्षीय विमल साह रहेका छन्।

तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक टीका नेपालका अनुसार घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिए पनि उपचारको क्रममा उनको दिउँसो १२ बजे मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ साहको टाउकोमा गम्भीर चोट लागेको थियो।

यसैगरी रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छी चोक सडकखण्डमा इटहरी आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा इटहरीतर्फ नै आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ दुर्घटना भएको छ।

दुर्घटनामा परेर स्कुटर चालक रामधुनी–५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरी घाइते भएका छन्।

उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ साउन २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast