एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

हिमाल प्रेस २ साउन २०८२ १६:१३
30
SHARES
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकीकरण भएको छ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकीकरण भएको हो।

एकतापछि नेपाल र गौतमले अंगालो हानेका थिए। त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरेका थिए।

यसअघि नेकपा एमालेसँग एकता गर्ने तयारी गरे पनि सहमति नजुटेपछि गौतमले एकीकृत समाजवादीसँग एकीकरण गरेका हुन्। दुवै दलबीच एकीकरण भए पनि गौतमले पाउने पदबारे टुंगो नलागेको नेताहरूले बताएका छन्। चाँडै एकीकृत पार्टीको बैठक बसेर पदको टुंगो लगाइने उनीहरूको भनाइ छ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि केही समय तटस्थ बसेका गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी बनाएका थिए।

कार्यक्रममा नेताहरूले दुवै पार्टीबीच भएको एकता घोषणा कम्युनिस्ट आन्दोलनका लागि कोशेढुंगा सावित हुने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast