यस्ताे छ ‘रियाल रिङ्गेट’ को ट्रेलर

हिमाल प्रेस २ साउन २०८२ ११:५४
10
SHARES
यस्ताे छ ‘रियाल रिङ्गेट’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवाले भोग्नुपरेका विभिन्न कठिनाइ प्रस्तुत गरिएको छ।

बिदेसिने क्रममै आतंकवादीको सामूहिक बन्दीमा परेका नेपाली कामदारहरूको दृश्य पनि देखाइएको छ। उनीहरूकै कब्जामा रहेको बेला एक पीडितले नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमासमेत प्रसारण भइरहेको देख्न सकिन्छ। फिल्ममा उक्त भूमिकामा अभिनेता प्रमोद चौलागाईं छन्।

यही साउन १६ मा प्दर्शन हुने फिल्मका निर्देशक विभोर पोखरेल हुन्। फिल्म हरेक नेपालीको कथा रहेको निर्देशक पोखरेलले बताए। उनले भने, ‘फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवा पुस्ताले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ।’

फिल्मको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ। ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। यी दुबै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई संकेत गर्छ, जहाँबाट लाखौं नेपालीले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन्।

फिल्ममा प्रमोद चौलागाईं र नीता ढुंगाना मुख्य भूमिकामा छन्। सहायक भूमिकामा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रदीप भारद्वाजको कथा रहेको फिल्म भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा छायांकन गरिएको छ। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफीमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast