शिक्षकसँग हेन्डक्यास सम्झौता कार्यान्वयनबारे सरकार गम्भीर भएन : भट्टराई

हिमाल प्रेस २ साउन २०८२ ७:३०
696
SHARES
शिक्षकसँग हेन्डक्यास सम्झौता कार्यान्वयनबारे सरकार गम्भीर भएन : भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले सरकारले आन्दोलनरत शिक्षकसँग गरेको नाैबुँदे ‘हेन्डक्यास’ सम्झौताप्रति बेवास्ता गरेको टिप्पणी गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘अर्थ मन्त्रालयद्वारा मिति २०८२/०४/०१ गते प्रकाशित आ.व. २०८२/०८३ को बजेट कार्यान्वयनसम्बन्धी १७ पृष्ठ लामो मार्गदर्शनमा सरकार–शिक्षकबीच भएको नाैबुँदे सम्झौताको कुनै पनि बुँदा समेटिएको छैन।’

उनले यसलाई ‘राज्यको छलछाम’ को संज्ञा दिँदै घोर भत्सर्ना समेत गरेका छन्।

८९ दिनको शैक्षिक आन्दोलनपश्चात सरकार र नेपाल शिक्षक महासंघबीच गत वैशाख १७ गते नौबुँदे सहमति भएको थियो।

प्रकाशित: २ साउन २०८२ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast