सेयरबजारमा हरियाली, ११ महिनायताकै उच्च कारोबार

हिमाल प्रेस १ साउन २०८२ १५:३४
6
SHARES
सेयरबजारमा हरियाली, ११ महिनायताकै उच्च कारोबार सेयर बजार

काठमाडौँ- सेयरबजारमा हरियाली छाएको छ। बिहीबारको कारोबार ७५.८४ विन्दुले बढेर नेप्से परिसूचक २८७०.६३ विन्दुमा पुगेको हो। यो बिन्दु गत फागुन २२ यता पहिलोपटक पार गरेको हो।

बिहीबारको वृद्धि गत असोज २० यता एकै दिनमा भएको सबैभन्दा ठूलो उकालो हो। त्यस दिन नेप्से ११४.७० अंकले उकालो लागेको थियो।

दैनिक कारोबार रकम अघिल्लो दिनको तुलनामा तीन अर्ब रुपैयाँभन्दा बढीले उकालो लाग्दै १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ। यो कारोबार ११ महिनायताकै उच्च हो।  त्यस दिन  १८ अर्ब ४६  करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

कारोबारको हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। कम्पनीको ८४ करोड ४२ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यसपछि बुटवल पावर कम्पनी लिमिटेड (६० करोड ६८ लाख ६ हजार रुपैयाँ) र राधी विद्युत् कम्पनी लिमिटेड (५६ करोड ७४ लाख ८४ हजार रुपैयाँ) रहेका छन्।

बिहीबार सबै उपसूचकहरू हरियोमा बन्द भएका छन्। बिहीबार कुल तीन करोड ८६ लाख ३० हजार कित्ता सेयर एक लाख ४१ हजार ४३४ कारोबारमार्फत किनबेच भएका छन्।

२३९ कम्पनीको सेयर मूल्य बढेको छ भने नौवटा कम्पनीको सेयर मूल्य घटेको स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: १ साउन २०८२ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast