‘एक्टिङ स्टार’ को मञ्चमा देखाइयाे ब्रेन क्यान्सरबाट श्रीमान गुमाएकी सिर्जनाको कथा

हिमाल प्रेस १ साउन २०८२ १२:५०
20
SHARES
‘एक्टिङ स्टार’ को मञ्चमा देखाइयाे ब्रेन क्यान्सरबाट श्रीमान गुमाएकी सिर्जनाको कथा

काठमाडौँ- रियालिटी सो ‘एक्टिङ स्टार’ मा सिर्जना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन कथामा आधारित प्रस्तुति  देखाइएको छ।

सिर्जनाका श्रीमानलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई सो का प्रतियोगी नविना रानाभाटले अभिनयमार्फत जीवन्त बनाइन्। नविनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिए।

विवेकको उपचारदेखि अन्तिम बिदाइसम्म सिर्जनाले देखाएको समर्पणले आम दर्शकलाई भावुक बनाएको थियो। सोही भावनालाई प्रतियोगी नविनाको प्रस्तुतिले कार्यक्रम नै स्तब्ध बन्यो।

विशेषतः अन्तिममा उनले विवेकलाई अन्तिम बिदाइ गरेको क्षणलाई जसरी प्रस्तुत गरिन्, त्यसले सेटमा उपस्थित सबैका आँखा रसाए। त्यसले केही समय छायांकनसमेत रोक्नु परेको आयोजकले जनाएको छ।

आयोजकले प्रस्तुतिअघि नविनालाई सिर्जना सुवेदीसँग प्रत्यक्ष भेटाएको थियो। भेटमा सिर्जनाले सम्पूर्ण घटनाक्रम सुनाउँदै आफ्नो कथा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। सोही आधारमा टिमले प्रस्तुति तयार गरेको थियो।

‘एक्टिङ स्टार’ मा अहिले १३ जना उत्कृष्ट प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरिसकेका छन्। सो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभि प्रसारण भइरहेको छ।

आयोजक महक मिडिया नेटवर्ककाअनुसार सो मा नेपालका तीनै भुगोल, भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजार भन्दा धेरै प्रतियोगीले अडिसन दिएका थिए।

सो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभिजन र युट्युबमा ओएसआर रियालिटीबाट प्रसारण भइरहेको छ। सो का विजेताले नगद २० लाख रुपैयाँसहित फिल्ममा काम गर्ने अवसर प्राप्त गर्नेछन्। फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast