भोटेकोशीको बाढीबाट प्रभावित नेपाली वैकल्पिक मार्गमार्फत फर्कँदै

हिमाल प्रेस १ साउन २०८२ ९:४५
8
SHARES
भोटेकोशीको बाढीबाट प्रभावित नेपाली वैकल्पिक मार्गमार्फत फर्कँदै रसुवामा निमार्णाधीन लाङटाङ-भोटेकोशी जलविद्युत् आयोजना स्थल। फाइल तस्बिर

रसुवा- गत असार २४ गतेको ल्हेन्दे खोला (भोटेकोशी)को वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ । रासस

प्रकाशित: १ साउन २०८२ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast