नवनियुक्त मन्त्री न्यौपानेले लिइन् सपथ

हिमाल प्रेस ३२ असार २०८२ १९:०८
54
SHARES
नवनियुक्त मन्त्री न्यौपानेले लिइन् सपथ

काठमाडौँ– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ लिएकी छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएकी हुन्। मन्त्री न्यौपानेलाई राष्ट्रपति पौडेलले सपथ दिलाएका थिए।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ता घुस काण्डमा मुछिएर राजीनामा दिएपछि एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी न्यौपानेलाई प्रधानमन्त्री ओलीले मन्त्रीका लागि सिफारिस गरेका थिए।

यसअघि उहाँ नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन्।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सहभागी थिए।

प्रकाशित: ३२ असार २०८२ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast