चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख

हिमाल प्रेस ३२ असार २०८२ १६:५०
12
SHARES
चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ।

नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रहेको छ। सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे।

उनले बजेट कार्यान्वयनमुखी रहेको बताउँदै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे।

प्रकाशित: ३२ असार २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast