उत्तराखण्डमा चुनाव, नेपाल-भारत सीमानाका बन्द हुने

हिमाल प्रेस ३२ असार २०८२ १३:५१
16
SHARES
उत्तराखण्डमा चुनाव, नेपाल-भारत सीमानाका बन्द हुने झुलाघाट नाका। फाइल तस्बिर।

बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत चुनावलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ।

आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत चुनाव हुँदैछ। उक्त चुनावलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन्।

यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए। उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

प्रकाशित: ३२ असार २०८२ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast