‘चमेलीको पोई’ मा सुरक्षा र मुकुनकाे जाेडी, तीन पोस्टर सार्वजनिक

हिमाल प्रेस ३२ असार २०८२ १२:३१
14
SHARES
‘चमेलीको पोई’ मा सुरक्षा र मुकुनकाे जाेडी, तीन पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘चमेलीको पोई’ को तीन पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आगामी चैत १३ लाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।

फिल्म रामनवमीको अवसरमा आगामी चैत १३ मा प्रदर्शन गर्ने टिमको तयारी छ। एभरेष्ट सूर्य बोहराकाे निर्देशनमा बनेकाे फिल्मको मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल र अभिनेत्री सुरक्षा पन्त छन्। चमेलीको भूमिकामा सुरक्षा छिन्। उनको पनि बनेका छन् अभिनेता मुकुन।

पोस्टरमा अन्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झालगायत कलाकार अटाएका छन्। पोस्टरअनुसार फिल्म कमेडी जनरामा बनेको अनुमान गर्न सकिन्छ। फिल्मकाे पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्।

धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन्।

शेर बहादुर तामाङले छायांकन गरेको फिल्म बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन निर्देशनमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast