
काठमाडौँ- नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ ।
पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ ।
एमालेले २ साउनमा पोलिटब्युरो र ५ साउनमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रकाशित: ३२ असार २०८२ ११:२४
प्रतिक्रिया