
काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीले देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूलाई आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहने व्यक्तिले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ।
स्थायी शिक्षकले आफ्नो तथा परिवारको सम्पत्तिको विवरण राजपत्रमा तोकिएको ढाँचामा बुझाउनु पर्नेछ। करार, अनुदान कोटा शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र सेवानिवृत्त शिक्षकले भने सम्बन्धित स्थानीय तहमा विवरण बुझाउनु पर्नेछ।
यस्तो छ सम्पत्ति विवरण फाराम
यो पनि
विद्यालय कर्मचारी र करार, अनुदान, बाल विकास शिक्षकबारे राष्ट्रिय किताबखाना शिक्षकको पत्र