
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो यी सबैजसो विदेशी मुद्राको मूल्य बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा थियो।
आज युरो एकको खरिददर १५९ रुपैयाँ ९१ र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५६ र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा थियो।
आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १९ र बिक्रीदर १८५ रुपैयाँ छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ १५ र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा थियो।
कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा थियो।