
इटहरी- सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ एक हजार ६०५ मत प्राप्त गर्दै विजयी भएका छन्। प्रतिस्पर्धी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे। सोमबार भएको निर्वाचनको अन्तिम मतपरिणाम मंगलबार दिउँसो आएको हो। कुल दुई हजार ९०७ मतदातामध्ये दुई हजार ३४० मत खसेको थियो।
उद्योग सदस्यतर्फ कृष्णप्रसाद पाठक ४८१, प्रभाव खतिवडा ५०३, विष्णु बराल ५५० र महेन्द्र प्रधान ५४६ मत प्राप्त गरी विजयी भए। प्रतिस्पर्धीहरू उमेश अग्रवाल २१३, खड्गबहादुर बस्नेत (राजु) २१६ र शिवानन्द साहले २६१ मत मात्र प्राप्त गरे। वाणिज्य महिला सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरी विजयी भएकी छन्। प्रतिद्वन्द्वी ममता शाक्यले ४५३ मत प्राप्त गरिन्।
वाणिज्य सदस्यतर्फ अमित अग्रहरी ९०१, किसन मास्के ७८५, जयप्रकाश शर्मा ८५१, नवीनराज भण्डारी ९२९, रामस्वरूप शर्मा ८६३, विवेक अग्रवाल ८४०, शशी साह ८२० र शैलेस कुमार आचार्य (प्रमोद) ८९९ मत प्राप्त गरी विजयी भए। उक्त पदका लागि अर्जुन श्रेष्ठ ४०१, उपेन्द्र चाम्लिङ ४८१, कृष्ण ठाकुर २६०, चन्द्रबहादुर सुवेदी २९०, सागर प्रसाई ४८६ र सीताराम आचार्य ५२७ मत प्राप्त गरे।
एसोसिएटतर्फ राजु साह ७५, राजेश अग्रवाल ८० र ललित अग्रवाल ११७ मत प्राप्त गरी विजयी भए। उक्त पदका लागि अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत प्राप्त गरे। जसमध्ये राजु र राजेश शिवराज श्रेष्ठ समूहका हुन्।
उद्योग महिलातर्फ मिना राई (मगर) र वस्तुगततर्फ नवीनकुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भए। खास गरी गोपाल समूहलाई कांग्रेस र माओवादी निकट व्यवसायीहरूले समर्थन गरेका थिए भने शिवराज समूहलाई एमाले निकट व्यवसायीहरूले समर्थन गरेका थिए।