स्पेनमा मानव तस्करी : सीआईबीद्वारा छानबिन समिति गठन

हिमाल प्रेस ३१ असार २०८२ १५:४७
स्पेनमा मानव तस्करी : सीआईबीद्वारा छानबिन समिति गठन

काठमाडौँ- नेपाली नागरिकलाई स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ। ब्युरोले एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति  गठन गरेको हो।

समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी समावेश छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली स्पेनमा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स’ कार्यक्रममा सहभागी हुन १४ असारमा स्पेन गएको थियो।

कार्यक्रममा भाग लिएर ओलीसहितको सरकारी टोली २० असारमा फर्किएको थियो। प्रधानमन्त्रीसहितको सरकारी टोलीकै भ्रमण आसपास दुई सातामा अस्वाभाविक रूपमा ८२ जना स्पेन पुगेका र अरू ५५ जना गन्तव्य मुलुक जान नपाई विमानस्थलबाटै फिर्ता भएको विषयमा सदनमा आवाज उठिरहेको छ। स्पेन लगेर उतैबाट युरोपका पोर्चुगललगायत मुलुक छिराउने र त्यसबापत गिरोहले मोटो रकम असुल्ने गरेको दाबी विपक्षी सांसदहरूको छ। सोही विषयमा छानबिन गर्न समिति गठन गरएको हो।

प्रकाशित: ३१ असार २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast