छाउगोठ भत्काउन अभियान थालौँ, कुलदेवतालाई दोष लगाएर हुँदैन : सांसद चन्द

हिमाल प्रेस ३१ असार २०८२ १४:४२
10
SHARES
छाउगोठ भत्काउन अभियान थालौँ, कुलदेवतालाई दोष लगाएर हुँदैन : सांसद चन्द

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन्। उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग आग्रह गरेकी छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दललाई आग्रह गरिन्।

उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरिन्।

कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो। ‘कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन? कसुरजन्य अपराधलाई प्रशय दिनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ’, सांसद चन्दले भनिन्, ‘तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने?’

प्रकाशित: ३१ असार २०८२ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast