राजेश हमालसहित चर्चित सेलिब्रेटीले गरे होटल स्मार्टको उद्घाटन

हिमाल प्रेस ३१ असार २०८२ १२:०८
34
SHARES
राजेश हमालसहित चर्चित सेलिब्रेटीले गरे होटल स्मार्टको उद्घाटन

काठमाडौँ- धुम्बाराही चोकमा विभिन्न सेवा सुविधासहित होटल स्मार्ट सञ्चालनमा आएको छ। होटलको उद्घाटन सोमबार साँझ महानायक राजेश हमालसहित चर्चित सेलिब्रेटीहरूले गरेका छन्।

महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन गरे। गायक प्रमोद खरेलले उक्त होटलकोदोस्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशील नेपालले रुफ टप बारको पालैपालाे उद्घाटन गरे।

हमालले होटल उद्घाटनका कार्यक्रममा बोल्दै भने, ‘यदि तपाईहरुलाई यो होटल मन पर्यो भने पक्कै पनि तपाईहरुलाई मेरो घर पनि मन पर्नेछ। किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरूले बनाउनु भएको हो।’ हमाल गत बैशाख १ देखि बुढानिलकण्ठस्थित नयाँ घरमा बस्दै आएका छन।

प्रकाश सुवेदीले मुख्य हाईवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रशंसनीय रहेको बताए। गायक प्रमोद खेरेलसहित मेलिना राई , मिलन नेवारले द भ्वाईसको स्टूडियो नजिकै रहेका कारण लागि रिफ्रेसमेन्टका लागि यो होटल पायक पर्ने बताए।

होटल ३५ बर्षीय सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएका हुन्। उनले होटल सबै वर्गलक्षित धेरै सुविधा र ग्राहकमैत्री रहेको बताए।

करिब ४० करोड रुपैयाँको लागतमा बनेको होटल स्मार्टमा १७ वटा कोठासहित ६ सय क्षमताको बैंक्वैट हल, सय क्षमताको रेस्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजीसहित रुप टप गार्डेन र रेस्टुरेन्ट छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast