कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

हिमाल प्रेस ३१ असार २०८२ १०:२२
14
SHARES
कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने छाउगोठ भत्काउँदै स्थानीय महिलालगायत। तस्बिर- सागर रावल/हिमालप्रेस

कञ्चनपुर- कञ्चनपुरका ९ वटै स्थानीय तहमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार गरेको हो।

‘छाउगोठ भत्काएर परम्परागत रूपमा चलिरहेको कु-प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । पत्रमा सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

तीन दिनअघि कृष्णपुर नगरपालिका-१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्रकाशित: ३१ असार २०८२ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast