बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

हिमाल प्रेस ३१ असार २०८२ ७:१६
16
SHARES
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन शरद ओझा

काठमाडौँ- नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ओझाको कार्यशैलीमाथि प्रश्न उठाउँदै तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो।

समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रकाशित: ३१ असार २०८२ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast