यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस ३० असार २०८२ १९:०८
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको कम्पनीले जनाएको छ।

हाल यो कम्पनीले प्रधान कार्यालयलगता ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ उपशाखा कार्यालयबाट बिमा सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ३० असार २०८२ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast