अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : बर्तौला

हिमाल प्रेस ३० असार २०८२ १७:४१
18
SHARES
अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यो प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताएका हुन्।

मन्त्रीमाथि उठेका प्रश्नहरुको जवाफदेहिता सम्बन्धीत व्यक्तिले बेहोर्नुपर्ने उनले बताए। बर्तौलाले अडियो प्रकरणमा दोषि देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने स्पष्ट पारे।

त्यस्तै उनले सत्तासाझेदार दलबीच सरकारका मन्त्रीहरुले एक वर्षमा गरेको कामकारबाहीका बारेमा समिक्षा हुने जिकिर गरे।

प्रकाशित: ३० असार २०८२ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast